बलात्कार मुद्दामा दोषी युवालाई ७ वर्ष कैद

मंसिर २०, २०८१

प्रताप विष्ट

Youth convicted in rape case sentenced to 7 years imprisonment

हेटौंडा — छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ । 

अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको  हो  । 

युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।

प्रताप

Link copied successfully