करेन्ट लागेर मृत्यु

मंसिर १९, २०८१

प्रताप विष्ट

Death by electrocution

हेटौंडा — करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका—११ गोल्पिङटारका ५८ वर्षीय मन्ताज मियाको आफ्नै घरको तला थप्नका लागि पिलरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा घर नजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा रडले छुन गई उनी घाइते भएका थिए ।

हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार गर्नेक्रममा मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तीन दिनअघि पनि करेन्ट लागेर मनहरीमा एक युवकको मृत्यु भएको थियो । 

प्रताप

Link copied successfully