हेटौंडा — मकवानपुरको सिस्नेरी गाउँपालिका-३ डोडारेका बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।
‘सेभ द चिल्डेन’ नामक संस्थाले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । उक्त संस्थाबाट ६१ घर परिवारलाई सामग्री वितरण भएको सिस्नेरी गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन् ।
असोज १२ गतेको बाढीले सिस्नेरी बजार डोडारेका ३१ घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।
काठमाडौंबाट सिस्नेरी गाउँपालिका-३ डोडारेसम्म बिहीबार दिउँसोमात्रै अवरुद्ध सडक खुलेपछि बाढीपीडितहरुलाई राहत वितरण सम्भव भएको हो ।
