चितवनको माडीमा चट्याङ लागेर १ जनाको मृत्यु

भाद्र १६, २०८१

रमेशकुमार पौडेल

1 person died due to lightning in Madi, Chitwan

चितवन — चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार बिहान ९ बजे माडी नगरपालिका-१ शिकारीपुरकी ५० वर्षीया सरस्वती महतोलाई चट्याङ लागेको थियो । उपचारका क्रममा १० बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको हो । 

भैंसीगोठमा गएका बेलामा उनलाई चट्याङले लागेको हो । उपचारका क्रममा माडी बघौडा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully