काभ्रे — काभ्रेमा डेंगी संक्रमितको संख्या ४० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार साउनदेखि बुधबारसम्म डेंगी संक्रमितको संख्या ४० पुगेको हो । पछिल्लो एक सातामा मात्रै १८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ ।
श्रावण २७ गतेसम्म जिल्लामा २२ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक सातामा मात्रै थप १८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत सिर्जना अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार अहिलेसम्म २० जना पुरुष र २० जना महिलामा डंगीको संक्रमण भएको छ । तीमध्ये बनेपा नगरपालिका र पनौती नगरपालिकामा धेरै संक्रमित रहेका छन् । बनेपा नगरपालिकामा ३ जना पुरुष र ७ जना महिला तथा पनौती नगरपालिकामा ४ जना पुरुष ६ जना महिलामा डेंगु संक्रमित छन् ।
कार्यालयका अनुसार अहिलेसम्म संक्रमितमध्ये धुलिखेलका ८ जना, पाँचखालका २ जना, नमोबुद्धका २ जना, भुम्लुका ४ जना, रोशीका ३ जना र तेमालका १ जना हुन् । मण्डनदेउपुर, महाभारत, बेथानचोक र चौँरीदेउरालीमा डेंगी संक्रमितको संख्या शून्य छ ।
संक्रमितहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
