वाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

श्रावण ९, २०८१

प्रताप विष्ट

Chief Minister and Ministers of Wagmati took oath

हेटौंडा — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र मन्त्रीहरुले शपथ लिएका छन् । बुधबार एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री लामालाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

उक्त समारोहमा ९ जना मन्त्रीलाई पनि शपथग्रहण गराइएको थियो । शपथ लिनेमा एमालेका ६ र कांग्रेसका ३ मन्त्री छन् । 

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधुकुमार श्रेष्ठले मन्त्रीको रुपमा शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख शर्माले शपथग्रहण गराएका थिए । काफ्ले, खड्का र श्रेष्ठलाई जिम्मेवारी तोकिएको छैन । ७ मन्त्रालयको भाग पाएको कांग्रेसमा आन्तरिक विवादका कारण सबै मन्त्री छान्न सकेको छैन । एमाले ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने दुई दलबीच सहमति भएको थियो । 

Chief Minister and Ministers of Wagmati took oath

प्रताप

Link copied successfully