काभ्रे — आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय सरकारले बजेट ल्याएका छन् । जिल्लाको १३ मध्ये पनौती नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ ।
पनौतीले आ.व २०८१/०८२ का लागि १ अर्ब ६० करोडको बजेट ल्याएको छ । त्यस्तै, जिल्लाको खानीखोला गाउँपालिकाले सबैभन्दा कम बजेट ल्याएको छ । २०८१/०८२ का लागि गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकातर्फ बनेपा नगरपालिकाले १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँ, धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रुपैयाँ, मण्डनदेउपुर नगरपालिकाले ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँ, पाँचखाल नगरपालिकाले ७९ करोड २४ लाख ५० हजार रुपैयाँ र नमोबुद्ध नगरपालिकाले ७७ करोड १० लाख ४६ हजार ४४३ रुपैयाँको बजेट ल्याएको छ ।
त्यस्तै, गाउँपालिकातर्फ भुम्लु गाउँपालिकाले ६९ करोड ७३ लाख ३९ हजार रुपैयाँ, रोशी गाउँपालिकाले ६९ करोड २० लाख ९८ हजार रुपैयाँ, बेथानचोक गाउँपालिकाले ६४ करोड १२ लाख रुपैयाँ, चौंरीदेउराली गाउँपालिकाले ६१ करोड १७ लाख ४७ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख २८ हजार रुपैयाँ र तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।
