लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

चैत्र १३, २०८०

कान्तिपुर संवाददाता

Likhu Tamakoshi rural municipality ex-chairman Khadka along with 6 people found guilty in corruption case

काठमाडौँ — विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वअध्यक्ष खड्कासहित २७ जनालाई मुद्दा चलाएकामा ६ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई १ करोड ९९ लाख रुपैयाँ जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।  

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही ३ महिना कैद र ६३ लाख रुपैयाँ जरिवाना तथा तामाङ र लामाको हकमा जनही ३ महिना कैद तथा ३१ लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए ।

कान्तिपुर

Link copied successfully