जसपा नेपालको प्रथम महाधिवेशन सुरू

जेष्ठ २८, २०८१

अवधेशकुमार झा

First Congress of Jaspa Nepal begins

जनकपुर — जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशनमा जनकपुरमा सोमबार अपरान्हदेखि सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका छन् । 

जसपा नेपालले एकताको महाधिवेशनसमेत भनिएको उद्घाटन समारोहमा नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापति धनराज गुरुङ, स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, कम्यूनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द(विप्लव) लगायतका नेताहरुको उपस्थिति छ । 

महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताउँदै संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने बताए ।

First Congress of Jaspa Nepal begins

‘तीन दिन अघिसम्म मधेश प्रदेशको मुख्यमन्त्री म नै थिए । गाडी र झन्डा हल्लाउनुबाहेक केही गर्न सकिएन,’ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवले भने,‘संघीयताप्रति संघ सरकार कहिले साकारात्मक भएन । हुन्छ भन्ने तर केही नगर्ने संघको सोच देखियो ।’

महाधिवेशनमा करिव दुई हजार प्रतिनिधिको सहभागिता छ ।

अवधेशकुमार

Link copied successfully