शुद्धोधनको बजेट आउने अझै टुंगो लागेन  

हरेक वर्ष असारभित्र गाउँसभाबाट आगामी वर्षको बजेट पारित सक्नुपर्ने कानुनी व्यवस्था भए पनि शुद्धोधनले अहिलेसम्म गाउँ सभा बोलाउनै सकेको छैन । 

भाद्र २, २०८२

मनोज पौडेल

It has not yet been decided whether the budget will come for Shudhodhan

What you should know

कपिलवस्तु — शुद्धोधन गाउँपालिकाले अहिलेसम्म गाउँसभामा बजेट पेस गर्नै सकेको छैन । हरेक वर्ष असारभित्र गाउँसभाबाट आगामी वर्षको बजेट पारित सक्नुपर्ने कानुनी व्यवस्था भए पनि शुद्धोधनले अहिलेसम्म गाउँ सभा बोलाउनै सकेको छैन । 

गाउँ सभा बोलाउने विषयमा अध्यक्ष र वडाध्यक्षहरू आरोप प्रत्यारोपमा गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले सभा गर्न पहल नगर्दा हुन नसकेको वडाध्यक्षहरुको आरोप छ । वडा ४ का अध्यक्ष नरेश यादवले बस्ती–टोलका योजना छनौटका लागि सुरुवाती कामसमेत हुन नसकेको बताए । ‘गाउँ सभाको तयारीका लागि जसरी काम गर्नु पर्थ्यो त्यो हुन सकेको छैन । बैठक, छलफल गर्ने काम उहाँ (अध्यक्ष) को काम हो । अहिलेसम्म आधारभूत काम पनि हुन सकेको छैन,’ उनले भने, ‘बस्ती–टोलका योजना छनौटका लागि सुरुवाती कामसम्म हुन सकेका छैन ।’ 

आर्थिक वर्ष सुरु भएको महिना दिनसम्म गाउँ सभा नहुँदा राजस्व संकलन पुरानै दरमा भइरहेको छ । कार्यालय सञ्चालनको आधारभूतबाहेक सबै काम रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बताए । गत वर्ष पनि अध्यक्ष चौधरीले समयमा कार्यपालिका बैठक नगर्दा असोज ८ गते गाउँ सभा गरिएको थियो ।

गाउँ सभा हुन नसक्नुको दोष गाउँपालिका अध्यक्ष चौधरीको रहेको वडा २ का अध्यक्ष मनोज यादवले बताए । ‘उहाँ कार्यपालिका बैठक बोलाउन सक्नुहुन्न । छलफल नै नगर्दा निकास निस्कन सकेको छैन,’ उनले भने । 

कार्यपालिकामा ऐन, नियम र कार्यविधि विपरीत इन्धन, मर्मत सम्भार खर्च भएको कुरा उठाउनासाथ विवाद भएर बैठक अवरुद्ध भएको थियो । यता कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनेक बखेडा निकाल्दा समाधान गर्नै बढी समय लगाउनु परेकाले समयमा गाउँ सभा हुन नसेको गाउँपालिका अध्यक्ष चौधरीको दाबी छ । ‘सोमबार कार्यपालिका बैठक बोलाएको छु । यो बैठकबाट समाधान निस्कने आशा छ,’ उनले भने ।  

मनोज पौडेल

Link copied successfully