‘एउटा विद्युतीय घट्ट अहिले ८० हजारमा बिक्री भइरहेको छ’

‘उद्योग सञ्चालन गरेको ८ वर्ष भयो । मैले सुरुवातमा बाँदर धपाउने बन्दुक बनाएर बिक्री गर्दा त्यो भरपर्दो नभएपछि त्योसँगै पानी घट्टलाई बिस्तार गरेर छिटो छरितो मकै, गहुँ, कोदो पिस्ने विद्युतीय घट्ट बनाएँ ।’

फाल्गुन ८, २०८२

घनश्याम केसी

”An electric kettle is currently being sold for 80,000.”

What you should know

सल्यान — हुन त सानै उमेरबाट प्राविधिक लाइनमा रुचि थियो । त्यही रुचि पूरा गर्न उच्च शिक्षा हासिल गरेर सरकारी जागिर खाने सपना देखेको थिएँ । आर्थिक अभावले मलाई  बुबा–आमाले एसएलसी भन्दा माथि पढाउन सक्नु भएन । पढ्न नपाए पनि जीवन निर्वाह त गर्नैपर्ने थियो । त्यही बेला मनमा कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा खेल्न थाल्यो ।

अनि त आफ्नो रुचि र सीप जुन कुरामा थियो, त्यही लाइनमा लागे । त्यसपछि २०६८ सालमा बुटवल गएर दुई वर्ष प्राविधिक लाइन सम्बन्धी काम सिकेँ । त्यसैले मलाई स्वरोजगार बनायो । 

बुटवलबाट काम सिकेर फर्किएपछि २०७० सालमा रुकुममा इन्जिनियरिङको काम पाएँ । त्यहाँ एक वर्षसम्म काम गरेँ । त्यसपछि घरमै केही गर्छु भनेर फर्किएँ । २०७१ मा शारदा नगरपालिका–१, श्रीनगरमा कालिका इन्जिनियरिङ उद्योग दर्ता गरेर विद्युतीय घट्ट, बाँदर धपाउने गुलेली, बन्दुक लगायतका कृषि औजार बनाउन थालेँ । १७ महिनासम्म श्रीनगरमा काम गरेपछि २०७२ मा सल्ली बजारमा उद्योग सारेँ । त्यहाँ उद्योग सञ्चालन गरेपछि मैले विद्युतीय घट्ट, मिल, बाँदर धपाउने बन्दुक, गुलेली लगायतका कृषि औजार र कच्चा पदार्थ पेल्ने मेसिन बनाएँ । अहिले त्यही रुचि अनुसारको कामले मलाई उद्यमी आत्मनिर्भर बनाएको छ । 

उद्योग सञ्चालन गरेपछि मैले विद्युतीय घट्ट, मिल, बाँदर धपाउने बन्दुक, गुलेली लगायतका कृषि औजार र कच्चा पदार्थ पेल्ने मेसिन बनाएँ । अहिले त्यही रुचि अनुसारको कामले मलाई उद्यमी आत्मनिर्भर बनाएको छ ।हुन त मेरो घर त्रिवेणी गाउँपालिका हो । आफ्नो व्यवसायलाई बिस्तार गर्न श्रीनगर हुँदै अहिले वनगाड कुपिण्डे नगरपालिकामा उद्योग सञ्चालन गर्दै आएको छु । उद्योग सञ्चालन गरेको ८ वर्ष भयो । मैले सुरुवातमा बाँदर धपाउने बन्दुक बनाएर बिक्री गर्दा त्यो भरपर्दो नभएपछि त्योसँगै पानी घट्टलाई बिस्तार गरेर छिटो छरितो मकै, गहुँ, कोदो पिस्ने विद्युतीय घट्ट बनाएँ । एउटा घट्ट अहिले ८० हजारमा बिक्री भइरहेको छ । गत वर्ष २० लाख बराबरको २५ वटा घट्ट जिल्लाभरि बिक्री गरेँ । अहिले महिनामा १२/देखि १५ वटासम्म विद्युतीय घट्ट लगायत अन्य सामग्री बिक्री गरिरहेको छु । 

वर्षमा ३०/४० लाखको कृषि औजार बिक्री गर्छु । मेरो परिवारमा तीन मात्र छौँ । परिवारलाई महिनामा ४ हजार ५ सयको दुई कट्ठा चामल, एक हजारको नुन, तेल, ५ हजारको तरकारी, सातामा एक पटक मासु खाँदा महिनामा ३ हजार, मोबाइल, विद्युत्, खानेपानीमा ५ हजार र थप ६/७ हजार गरी २४ हजार जति खर्च हुन्छ । त्यस्तै, दुई जना मिस्त्रीको मासिक तलब लगायत अन्य भारतबाट किनेर ल्याउने सामग्री खर्च कटाएर वर्षमा १० लाखसम्म बचाउँदै आएको छु ।  

बिहानदेखि बेलुकीसम्म खटिएर काम गर्दा दुई मिस्त्री र मलाई एउटा विद्युतीय घट्ट निर्माण गर्न तीन दिन लाग्छ । एउटा घट्ट बनाउँदा ५५ देखि ६० हजारसम्म खर्च लाग्छ । अहिले प्रति घट्ट ८० हजारमा बिक्री भइरहेको छ । खर्च कटाएर त्यसबाट २० हजार बच्ने गर्छ । बाँदर धपाउने गुलेली बनाउँदा १ हजार ५ सय देखि २ हजारसम्म खर्च लाग्छ । ४ देखि ५ हजारमा बिक्री गर्छु । त्यसबाट १ हजार ५ सय बच्छ ।

विगतमा समयमा खाना मिल्दैनथ्यो । मासु खान पर्‍यो र नयाँ कपडा लगाउन परेमा चाडपर्व कुर्नु पर्थ्यो  । अहिले उद्योग सञ्चालन गरेपछि आफूले भने जस्तो खान पाएको छु लाउन पाएको छु । परिवारको आवश्यकता सजिलै पूरा गरेको छु । विभिन्न कृषि उपकरण बिक्री गरेर कमाएको रकमले जग्गा जिमिनसमेत जोडेको छु । 

पहिले जिल्लाका सबै स्थानमा विद्युत्‌को सहज आपूर्ति नहुँदा सबैले खाद्यान्न कुटानी-पिसानीको लागि परम्परागत काठे र ढुंगाबाट निर्मित पानी घट्ट प्रयोग गर्थे । खोलाका छेउछाउमा मात्र पानी घट्ट हुने र बस्ती डाँडामा हुने भएकाले खाद्यान्न कुटानी पिसानीको लागि तीन घण्टा हिँड्नु पर्थ्यो ।

मैले पनि त्यो पटक-पटक भोगेको थिएँ । भारी बोकी लामो समय हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्न म विद्युतीय घट्ट निर्माण लागेको थिएँ । विद्युत् सहजतासँगै अहिले पानी घट्ट हराउँदै गएको छ र धेरै लगानी गर्न नसक्नेले ८० हजारमा विद्युतीय घट्ट किनेर लगिरहेका छन् । बिक्री राम्रै भइरहेको छ । घट्ट जिल्ला बाहिर पनि गइरहेको छ । 

बन्गाड कुपिण्डे नगरपालिकाको सल्ली बजारमा पहिला भाँडामा जग्गा लिएर उद्योग सञ्चालन गरेको थिएँ । व्यवसायबाट फाइदा हुँदै गएपछि अहिले आफ्नै जग्गामा छ । विद्युतीय घट्ट, बाँदर धपाउने गुलेली, बन्दुक निर्माण गर्दा चाहिने फलामका सामग्री र मोटर सबै भारतबाट ल्याउनु पर्छ । स्थानीय स्तरमा केही पाइँदैन । थोरैतिनो लगानीले पुग्दैन त्यही भएर उद्योगलाई एक स्थानमा मात्र नभई अन्यत्र फैलाउन सकेको छैन । 

प्रस्तुति : विप्लव महर्जन

घनश्याम केसी

Link copied successfully