‘मेरो श्रमले घर चलेको छ, छोराहरूको भविष्य बन्दैछ’

बारीमा आलु, बन्दा, काउली, मुला बेचेर आएको पैसाले चामल, दाल, तेल किन्छौं । बिहान घरबाटै पसल आउँछु, बेलुका घरै फर्किन्छु । मेहनतको कमाइले साँझ परिवारसँगै खाना खान पाउँदा आनन्द लाग्छ । मेरो श्रमले घर चलेको छ, छोराहरूको भविष्य बन्दैछ ।

फाल्गुन १, २०८२

दिलबहादुर ऐर

What you should know

डडेल्धुरा — बाल्यकाल गाउँमै बित्यो । नजिकैको भात्कााडाको सरकारी स्कुलमा आठ कक्षासम्म पढो । त्यतिबेला पढाइ नै ठूलो सपना थियो । तर, स्कुल आउजाउसँगै घरको जिम्मेवारी, खेतबारीको काम पनि गर्नुपर्थ्यो । बाल्यकालमा कहिल्यै ढुक्कले एक छाक खाएको सम्झना छैन ।

अहिले म ४० वर्षको भए । अमरगढी–१ तडीबाटामा मेरो बसोबास छ । त्यही जन्मिएा र हुर्किए । त्यहीँ बाल्यकालले मलाई जीवनको गोरेटो देखाएको जस्तो लाग्छ । तर, मेरालागि ती गोरेटा कहिल्यै सहज भने थिएनन् । त्यसबेला आठ कक्षा पास गरेपछि गाउामै पढ्न विद्यालय थिएन । ९ र १० कक्षा पढ्न सदरमुकामको महेन्द्र माविमा भर्ना भए । 

त्यो स्कुल मेरो घरबाट १० किलोमिटर टाढा थियो । साइकलमा ओहोरदोहोर गर्थे । म सागै १०/१२ जना सबेरै साइकल लिएर विद्यालय जान्थ्यौं । त्यसबेला पनि सडक त पक्की नै थियो ।  कहिलेकाँही ओरालोमा साइकलमा झर्दा रमाइलो लाग्थ्यो । तर, उकालो काट्दा भने सास रोकिन्थ्यो । ढुनढुनेको उकालोमा त साइकल चलाउन सकिन्थेन । डोर्‍याएर उक्लिनु पर्थ्यो । त्यो कष्ट अझै याद आउँछ । 

वर्षायाममा रुँझ्दै जान्थ्यौं । हिउँदमा चिसो हावाले आनन्द मिल्थ्यो । पढ्नैपर्छ भन्ने अठोट थियो । जेनतेन एसएलसीसम्म पढियो । त्यसबेला देश संकटकालमा थियो । दैनिकजसो बन्द, हड्ताल भइरहन्थे । डर र अस्थीर समयले पढाइ मात्र होइन, जीवन नै अप्ठ्यारो बनाएको थियो । जागिर खाने कुरा सपना जस्तै लाग्थ्यो। आर्थिक अवस्था कमजोर थियो । मनमा एउटै प्रश्न घुमिरहन्थ्यो–अब के गर्ने ?

०६१ सालमा पहिलोपटक कमाउन भनेर भारततिर लागे । त्यो निर्णय लिनु सजिलो थिएन । आमा–बुवाको माया, गाउँमा बिताएका पल, आफ्नै माटो छाडेर अपरिचित मुलुक जानु परेको थियो । तर, पेटले बाटो पनि देखाउँदो रहेछ । भारतको जम्मु–कश्मीर पुगो । त्यहाँ करिब ६ महिना सडक बनाउने काम गरेँ । मेहनत धेरै, कमाइ थोरै हुन्थ्यो । शरीरसँगै मन पनि थाक्थ्यो । त्यसपछि त्यहाँ बसिरहन सकिन । घर फर्किए ।

घर आएर दुई वर्ष खेतबारी र परिवारसित बिताए । गोरु जोतियो, तरकारी रोपियो, तैपनि खान–लाउन धौ भइरह्यो । यही बीचमा नेपाली सेनामा भर्तीका लागि दरखास्त दिए । सेनामा भर्ती भएपछि  देशको सेवा पनि हुन्छ, परिवारको गुजारा पनि चल्छ भन्ने लाग्यो । तर सफल भइन । असफलताले मन भाँचियो । फेरि लाग्यो, यहाँ बसेर केही हुनेवाला छैन ।

फेरि भारत हानिए । यसपटक मुम्बई गन्तव्य बन्यो । त्यो ठूलो सहरमा ठूलो भीड । ठूल संघर्ष गर्नुपर्‍यो । सुरुका दिन कठिन थिए । बिस्तारै होटलको काम सिको । भान्सामा पसिना बगाए । समयसँगै सीप बढ्दै गयो । मुम्बईमा ९ वर्ष बितेको पत्तै भएन । सिनियर कुकसम्म भएा । कमाइ ठिकठाक थियो । त्यसैले यत्तिकै जीवन बिताऔं जस्तो पनि लाग्यो । तर मनको कुनामा सधैं गाउँको याद हुनथ्यो । अनि गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने हुटहुटी पनि जीवित थियो । 

त्यसपछि भारत छोडेर नेपाल फर्किएा । अनि काठमाडौंको नयाँ बानेश्वरको एभरेस्ट होटलको क्यान्टिनमा दुई वर्ष काम गरो । भीडभाड, दौडधुप, तर आफ्नो देशमै काम गरेको सन्तोष पनि थियो । तर काठमाडौं पनि पराइ लाग्यो । अन्ततः अब जे गर्ने हो आफ्नै ठाउँमा गर्ने निर्णय गरे । २०७६ सालतिर घर फर्किए । सदरमुकाम खलङ्गामा एउटा सानो सटर लिएा । नास्ता पसल खोल्ने निर्णय गरें । चिया, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी, थुप्पाका परिकार बेच्न थाले ।

सुरुवातमा चल्छ कि चल्दैन भन्ने डर थियो । बिस्तारै ग्राहक आउन थाले । कमाई पनि ठिकै हुन थाल्यो । अहिले मलाई पानीपुरी, चटपटेवाला भनेर चिन्छन् । दुई वर्षजति पसल चलाए । त्यही बीचमा बुवा बित्नुभयो । जीवनले फेरि चोट दियो । धार्मिक परम्परा अनुसार काज किरिया गर्नुपर्‍यो । पसल बन्द गरेर एक वर्ष घरमै बसो । त्यो समय दुःख र सम्झनाले भरिएको थियो । काजकिरिया सकेपछि फेरि काममा फर्किए । 

अहिले ६ महिनादेखि पुरानै सटरमा नास्ता पसल चलाइरहेको छु । कमाइ ठिकै छ । दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्म बचत हुन्छ । महिनाको ३०–३५ हजार रुपैयाँ बचत हुन्छ । आफ्नै ठाउँमा यति कमाई ठिकै जस्तो लाग्छ । यसैबाट ४ जनाको परिवार धानिएको छ । मसँगै श्रीमती र दुई छोरा छन् । दुवै छोरा बोर्डिङ स्कुलमा पढिरहेका छन् । कापी, किताब, मासिक शुल्क तिर्न सक्नु मेरो लागि ठूलो उपलब्धि हो । 

बारीमा तरकारी खेती गर्छौं । आलु, बन्दा, काउली, मुला बेचेर आएको पैसाले चामल, दाल, तेल किन्छौं । बिहान घरबाटै पसल आउँछु, बेलुका घरै फर्किन्छु । पसलमा आफै सबै काम गर्छु, भाडा धुन्छु । बिहान ८–९ बजेदेखि चटपटे र पानीपुरीको व्यापार चल्छ । साँझ ६–७ बजेसम्म राम्रै हुन्छ । नजिकै स्कुल र कार्यालय भएकाले ग्राहकको कमी हुँदैन । थकान धेरै हुँदा कहिलेकाँही राति यहीँ बस्नुपर्छ ।

मेहनतको कमाइले साँझ परिवारसँगै खाना खान पाउँदा आनन्द लाग्छ । मेरो श्रमले घर चलेको छ, छोराहरूको भविष्य बन्दैछ । सटरको मासिक भाडा ५ हजार तिर्नुपर्छ, तर सीप आफ्नै हातमा भएकाले सजिलो भएको छ । जीवनले गाउँ, बम्बई, काठमाडौं घुमाएर अन्ततः आफ्नै माटोमा फर्कायो ।

प्रस्तुतिः तर्कराज भट्ट

दिलबहादुर ऐर

Link copied successfully