प्रदर्शनीको समापनका अवसरमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटलाई प्रशंसापत्र प्रदान गरे ।
काठमाडौँ — नेपाली सेनाका विविध गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी २०८२ बुधबार सम्पन्न भएको छ ।
प्रदर्शनीको समापनका अवसरमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटलाई प्रशंसापत्र प्रदान गरे ।
सेना दिवसका अवसरम यही माघ ४ देखि ७ सम्म जङ्गीअड्डा परिसरमा भएको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिकाबारे जानकारी गराइएको थियो ।
प्रदर्शनीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेटिएका ३० वटा कक्ष राखिएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीको अवलोकन गर्न आमनागरिक र विद्यार्थी उल्लेखनीयरूपमा पुगेका थिए । प्रदर्शनीबाट अवलोकनकर्तालाई नेपाली सेनाको विकासक्रम र जिम्मेवारीबारे जानकारी प्राप्त भएको छ ।
