नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २६ देशका फिल्म देखाइने

महोत्सवले यस वर्ष 'बाल अधिकार' लाई आफ्नो मुख्य थिम बनाएको छ ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Films from 26 countries to be screened at Nepal Human Rights International Film Festival

What you should know

काठमाडौँ — १३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २६ देशका झन्डै ५० वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

नेपाल मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा मंसिर २५ गतेदेखि ५ दिनसम्मकाठमाडौंमा महोत्सव चल्नेछ । 

महोत्सवलेयस वर्ष 'बाल अधिकार' लाई आफ्नोमुख्य थिम बनाएको केन्द्रका अध्यक्ष पाण्डव खत्रीले जानकारीदिए । नेपाल पर्यटन बोर्ड चलचित्र विकास बोर्डका हलहरूमा चलचित्र प्रदर्शन गरिने उनले जानकारी दिए । 

महोत्सवमा छानिएका धेरैजसो चलचित्रहरूले कान्स, बर्लिनाले, भेनिस बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरू सहभागिता जनाइसकेका छन्  कान्स फिल्म फेस्टिभल२०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता आई एम ग्ल्याड यु आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हो  

प्यालेस्टाइन, फ्रान्स ग्रीसको सह-निर्माणमा बनेको यस फिल्मले बाल्यकालीनरहस्य आघातलाई लिएर  दुई दाजुभाइबीच निम्तिएको गहिरो तनावलाई देखाउँछ कान्समैप्रिमियर भएको नाभी लिलीमहोत्सवको अर्को आकर्षण हो । चीनको युनान प्रान्तस्थित वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस देखाउँछ

बजिकाभाषामा बनेको पहिलो फिचर फिल्म आजुर पनि यसमहोत्सवमा देखाइनेछ । यसले ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध  रहेकीसलोनी नामक पात्रमार्फत शिक्षाको महत्वलाई दर्शाउँछ

फिचर वृत्तचित्र खण्डमारेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम लगायत विश्वचर्चितवृत्तचित्र देखाइनेछ ।  रेड लाइट टु लाइमलाइट कोलकाताका यौनकर्मीको दैनिकजीवनलाई पर्दामा उतारेको छ । ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माण सम्बन्धीतालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ । यो फिल्म ४१औँ आईडिए अवार्ड्समा दुई विधामा मनोनित भएको थियो ।

महोत्सवकादौरान विश्वभरका फिल्म निर्देशक , निर्माता, कलाका मानव अधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभपेन्टिङलगायत कार्यक्रमहरू पनि आयोजना गरिने नेपाल मानवअधिकारचलचित्र केन्द्रका महासचिव आभास रिजाललेबताए । 

कान्तिपुर संवाददाता

Link copied successfully