भिमनिधि तिवारीद्वारा लिखित नाटक सुजन आचार्यको परिकल्पना तथा निदेशनमा प्रस्तुत गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
खोटाङ — दिक्तेलमा घरको माया नाटक प्रदर्शन हुने भएको छ । खोटाङ संगीत कला घरले दिक्तेलको समीक्षालयमा भदौ ७ देखि ११ गतेसम्म उक्त नाटक प्रदर्शन गर्ने भएको हो ।
भिमनिधि तिवारीद्वारा लिखित नाटक सुजन आचार्यको परिकल्पना तथा निदेशनमा प्रस्तुत गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो । नाटकमा पर्देसिएकाहरूको कारुणिक कथा समेटिएको परिकल्पनाकार तथा निर्देशक सुजन आचार्यको भनाइ छ ।
उक्त नाटक बिहान साढे ७ देखि साढे ९ बजेसम्म, दिउँसो साढे ११ देखि २ बजेसम्म र साढे २ देखि ५ बजेसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाटक हेर्नका लागि विद्यार्थीलाई एक सय र अन्यलाई दुई सय रूपैयाँ शुल्क लाग्ने छ ।
नाटक प्रदर्शनबाट संकलित रकमबाट खोटाङ संगीत कलाघरको भवन निर्माण गरिने कला घरका निर्देशक कृष्ण आचार्यले जनाएका छन् । भवन निर्माणका लागि महाप्रसाद आचार्य र उद्धव आचार्यले सरकारी वकिल कार्यालय नजिक आठ आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराएको आचार्यको भनाइ छ ।
