तरागाउँमा मनुकुमारको कला प्रदर्शनी

असार २२, २०८२

कान्तिपुर संवाददाता

Manukumar's art exhibition at Taragaon

काठमाडौँ — बौद्धस्थित तारागाउँ नेक्स्टमा थारु संस्कृति केन्द्रित कला प्रदर्शनी सुरु भएको छ । 

कलाकार मनुकुमार चौधरीले थारु समुदायका मानिसहरूको दैनिक जीवन र संस्कृति झल्काउने गरी कला प्रदर्शनी गरेका हुन् । 

खुला आकाशमुनि परम्परागत कृषिका दृश्यहरू, महिला सहभागिता तथा, लोपोन्मुख समारोह र थारुहरूको भूमिसँगको सम्बन्धलाई क्यानभासमा आकर्षक तरिकाले उतारिएको छ । 

मनुले काठमाडौं विश्वविद्यालयबाट कला र प्रिन्टमेकिङमा स्नातक गरेका छन् । उनी प्रिन्ट सम्बन्धी विभिन्न प्रयोगको पनि अन्वेषण गरिरहेका हुन्छन् ।

वुडकट, एचिङ, एक्वाटिन्ट जस्ता माध्यमहरूमा उनका काम देख्न सकिन्छ । प्रदर्शनी असार २८सम्म रहनेछ ।

कान्तिपुर

Link copied successfully