नेपालको तथ्यांकसम्बन्धी पुस्तक 'फ्याक्ट्स अफ नेपाल २०२५' सार्वजनिक

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

The book on the statistics of Nepal 'Facts of Nepal 2025' has been released

काठमाडौँ — नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरी तयार पारिएको 'फ्याक्ट्स अफ नेपाल २०२५' पुस्तक सार्वजनिक भएको छ । फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले देशका प्रमुख क्षेत्र तथा प्रवृत्तिको अध्ययन र विश्लेषण गरी संकलन गरिएका तथ्यांक समावेश भएको यो १० औं संस्करणको वार्षिक रूपमा प्रकाशित हुने पुस्तक हो । 

डेटा र इन्फोग्राफिक्समा तथ्यांक प्रस्तुत गरिएको पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरू, पूर्वाधार र सञ्चार, सामाजिक आयामहरू, सार्वजनिक सुरक्षा लगायत ८ खण्ड तथा ६४ उपखण्ड समेटिएका छन् ।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा २०७२ सालको भूकम्प र कोभिड-१९ महामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रण गरिएको छ । 

फ्याक्ट्स नेपालले सन् २०१२ देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत नियमित रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको जनाएको छ । 'यस संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ,' विज्ञप्तिमा भनिएको छ ।

फ्याक्ट्स अफ नेपाल २०२५ को मूल्य ५ सय रुपैयाँ र प्रक्षेपण सम्झौताका रूपमा निश्चित समयका लागि ३० प्रतिशत छुट उपलब्ध रहेको संस्थाले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully