विजय मल्लको 'कोही किन बर्बाद होस्' नाटक मञ्चन

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Vijay Malla's 'Kohi kin wasaho ho' play staged

काठमाडौँ — नाटककार विजय मल्लद्वारा लिखित 'कोही किन बर्बाद होस्' नाटक मञ्चन भएको छ । शुक्रबार थापाथलीस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत स्नातक चौंथो वर्षका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन् ।

नाटकले वालमनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गरेको छ भने त्यसले व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई दर्साउन खोजेको छ।

यसैगरी कुनै पनि व्यक्तिको विचार, उसले गर्ने निर्णय र कार्यले व्यक्तिगत तथा समाजमा कस्तो असर पर्छ भन्ने कुरा नजिकबाट दर्साएको छ । नाटक ध्रुव नाम गरेका विद्यार्थीमा केन्द्रित छ र उसैको सेरोफोरोमा कथावस्तु प्रस्तुत गरिएको छ ।

पर्वत लावतीको नेतृत्वमा नाटक तयार गरिएको नाटकको निर्देशन मुस्कान स्थापित र प्राञ्जल पोखरेलले गरेका हुन् । नाटकमा अदिति मिश्र, प्रिन्सिला नेपाली, मिमांसा ढुंगेल, सान्त्वना भट्टराई लगायतको अभिनय रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully