काठमाडौँ — अभिनेता राजबल्लभ कोइराला यतिबेला नेपालमा छन् । करिब एक दशकदेखि अमेरिकामा रहेका उनले लामो समयपछि ‘एक्टर’मार्फत् फिल्ममा कमब्याक पनि गरे ।
हालै केही दिनका लागि उनी नेपाल फर्किएका हुन् । उनी आफ्नो पहिलो कवितासंग्रह ‘औरा’को विमोचनका लागि नेपाल आएका हुन् ।
यसअघि उनका फुटकर कविताहरू विभिन्न माध्यममा प्रकाशित भइरहन्थे । अबभने ती कविताहरू संग्रहित हुन पाउँदा खुसी महसुस भएको उनी बताउँछन् ।
‘यसअघि कविता लेखेर मात्र राखिन्थ्यो । अब संग्रह आउँदा उत्सुकता जागेको छ,’ उनले भने ।
उनले संग्रहको नाम छोरी औराको नामबाट राखेका हुन् । उनको कविता संग्रह शनिबार सार्वजनिक हुँदैछ ।
