कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मण्डलामा नाटक जिजीविषा मञ्चन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — अनामनगरस्थित मण्डला थिएटरले नाटक ‘जिजीविषा’मञ्चन गर्ने भएको छ । महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित कात्तिक ८ र ९ गते नाटक मञ्चन गर्न लागेको रंगकर्मी सोमनाथ खनालले बताए । 

मण्डलामा नाटक जिजीविषा मञ्चन हुने

नाटकमा संकटका समयमा माछाको यात्रामार्फत मानिसको कथालाई जोड्ने जमर्को गरिएको खनालले सुनाए । ‘माछाले बाँच्नका लागि संकटमा गर्ने सामना, यात्रा र उसको जिजीविषालाई नाटकले देखाउन खोजेको छ । यसले मानिसको यात्रालाई माछामार्फत समेटेको छ’, उनले भने ।

खनालका अनुसार १ दिनमा ८० जनालाई मात्र नाटक देखाइनेछ । रंगकर्मी खनालको लेखन तथा राजन खतिवडाको निर्देशन रहेको नाटकमा मण्डला थिएटर नेपालद्वारा सञ्चालित ‘मण्डला ड्रामा स्कुल’पहिलो ब्याचका प्रशिक्षार्थीहरुको नाट्य प्रस्तुति रहनेछ । ड्रामा स्कुलमा १६ जना प्रशिक्षार्थीहरुले एक वर्षदेखि नाट्य प्रशिक्षण लिइरहेका छन् ।


प्रकाशित : कार्तिक ४, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?