लागूऔषधसहित दुई जना पक्राउ

असार २०, २०८२

रामप्रसाद चौहान 

Two arrested with drugs

बर्दिया — लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट दुई जनालाई लागूऔषधसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षीय आकाशबहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरी रहेका छन्। दुवै जना भारतीय बलईगाउँ बजारबाट शङ्कास्पद रूपमा नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाले लुकाइछिपाई राखेको १ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन्।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully