ती दुई साउँ अक्षर के धेर भए ?

आश्विन ३१, २०७४

७० वर्षजति अघि मलाई साउँ अक्षर सिकाउँदा क्ष, त्र, ज्ञ भन्दा पहिले ड र ढ मा तल थोप्ला दिएको ड र ढ सिकाइयो, अक्षर जानेपछि पढ्न सिकाउँदा पनि सिकाइयो । त्यसैले अहिलेसम्म ती दुई साउँ अक्षरको फरक उच्चारण गरिरहेको छु र जानेका कुरा लेख्दा प्रयोग गरिरहेको छु ।

तर यता कति वर्ष अघिदेखि हो, तल थोप्लो दिइने ड र ढ संविधान, साहित्य र शब्दकोशमा हराएका छन् । नेपाली भाषामा तल थोप्लो दिइने ती अक्षरहरूको उच्चारण चाहिंँ हराएको छैन । आफ्नो छुट्टै उच्चारण हुने ती अक्षरहरूको उच्चारण तल थोप्ला नदिई लेखिने ड, ढ ले पूरा गरेको सुनिएको छैन, सुनिँंदैन । जस्तै : जोड्नु, मोड, ढाडस, दृढ, डाडु, पढ्नु, षढ्यन्त्र, सड्नु, सुदृढ, लड्नु, गढी, गौंडा, चड्नु, घोडा, तिकडम, भाँडभैलो, बाँडफाँड, पीडित, बढाउनु । किन संविधान, साहित्य र शब्दकोशले ती अक्षरहरूको वास्ता नगरेको होला ? नेपाली भाषा बचाऔं लगाायतको अभियानमा लागेका विद्वान तथा भाषा/ध्वनि विज्ञहरूबाट जान्न पाए हुन्थ्यो— ती दुई तल थोप्ला दिइने अक्षर ड र ढ के धेर भए ? संस्कृत, हिन्दी शब्दकोशमा त धेर भएका छैनन् ।
– लीलाप्रसाद सापकोटा
धुलाबारी, झापा

Link copied successfully