कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सिके राउतले भने- 'हरेक परिवारमा एक रोजगार'

अवधेशकुमार झा

राजविराज — जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले आफ्नो कार्यकालमा जिल्लाका हरेक परिवारमा कम्तीमा एकजनालाई रोजगार दिने दाबी गरेका छन् ।

सिके राउतले भने- 'हरेक परिवारमा एक रोजगार'

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण पश्चात बोल्दै राउतले रोजगारी सृजना गरेर हरेक परिवारमा कम्तिमा एकजनालाई रोजगारी दिने गरी काम गर्ने बताए ।

सप्तरीको साक्षरता दर ५४ प्रतिशत मात्र रहेको बताउँदै अध्यक्ष राउतले यो कार्यकालमा सप्तरी जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा विकसित गर्ने बताए । ‘सप्तरीलाई सतप्रतिशत साक्षर जिल्ला बनाउने छु,’ राउतले भने ।

जिल्लामा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै उनले कुपोषण हटाउनुका साथै स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने गरी व्यवस्थापन गराउन लाग्ने बताए । किसानको मलखाद्य र कृषि मिटर,कृषि ऋण लगायतका पहुँचका लागि आवश्यक कार्य गर्ने उनले बताए ।

प्रकाशित : मंसिर ७, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?