कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण लागत ११ अर्ब

डीपीआर तयार पार्न मात्र १५ करोड रूपैयाँ लाग्ने अनुमान
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजमा निर्माण हुने भनिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब रकम खर्च हुने अनुमान गरिएको छ । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिका पदाधिकारीबीच छलफल भएको थियो ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण लागत ११ अर्ब

यस्तै, प्रतिष्ठानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न मात्र १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका निर्देशक डा. रञ्जितकुमार झाले बताए । प्रतिष्ठानको संरचना निर्माण गर्न हालै मात्र सरकारले राजविराज नगरपालिका १० विरौलमा ६२ बिगहा जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरिसकेको छ ।

नगरपालिकाले सिफारिस गरेबमोजिम सरकारले जग्गा भाडामा दिएको हो । यद्यपि, जग्गा खाडो नदीको किनारमै छ । संरचना निर्माण भएपछि नदीले समस्या नगर्ने तरिकाले काम गर्नुपर्ने इन्जिनियरहरूले सुझाएका छन् । एक दशकअघिसम्म उक्त जग्गा भएर नदी बग्ने गर्थ्यो । पछि बाँध निर्माण भएपछि उक्त जग्गा उकास भई प्रयोग गर्न लायकको भएको हो । यद्यपि, प्रतिष्ठानको संरचना निर्माणपूर्व नै छेउमा च्यानल बनाउनुपर्ने सुझावसमेत इन्जिनियरहरूले दिएको डा. झाले बताए ।

आर्थिक वर्ष ०७६/७७ मा प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम खर्च हुन नसकी फ्रिज भयो । चालु आर्थिक वर्षमा सरकारले प्रतिष्ठानका लागि ११ करोड रुपैयाँ छुट्याएको थियो । दोस्रो चौमासिकसम्म रकम माग गर्न नसकेपछि अर्थ मन्त्रालयले प्रतिष्ठानका लागि विनियोजित ११ करोड रुपैयाँबाट साढे ६ करोड रुपैयाँ रकमान्तर गरी अन्य योजनामा लगाएको छ । बाँकी साढे ४ करोड प्रतिष्ठानको सहयोगी अस्पतालको रूपमा रहने गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वाधार निर्माणमा खर्च गर्ने सहमति दिइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रतिष्ठानका लागि बजेट छुट्याइएको भनिए पनि रकम भने तोकिएको छैन । ‘सरकारले प्रतिष्ठान निर्माणमा तदारुकता देखाए ११ अर्ब संघ सरकारका लागि धेरै बजेट होइन,’ राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले भने, ‘स्थानीयस्तरबाट हुने हरेक सहयोग गर्न तयार छौं ।’ संघ सरकारले ०७५ पुसमा प्रतिष्ठान निर्माणको निर्णय गरेको थियो ।

प्रकाशित : असार १६, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?