खेर नजाओस् यो बलिदान

भाद्र २९, २०८२

जेन–जीको आह्वानमा गत सोमबार काठमाडौंमा प्रदर्शन चर्कंदै जाँदा सरकार निर्मम बन्यो र त्यसैको सिकार बने, १९ जना युवा । एकै दिन यति ठूलो संख्यामा यसअघिका कुनै पनि आन्दोलनमा मानिसहरूको मृत्यु भएको थाहा छैन ।

अहिले त आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ । यत्तिकै बगेको होइन, यति धेरै मानिसको रगत । त्यसैले यो कुर्बानी खेर नजाओस् । 

भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनको बलमा अहिलेको परिवर्तन सम्भव भएको हो । परिवर्तनका लागि जेन–जी पुस्ताले ठूलो बलिदान गरेको छ ।

कतिपय जेन–जी पुस्ता आफ्ना कापी–किताब थन्क्याएर त कतिपय युवा रोजीरोटीको खोजीमा विदेश हिँडिरहेका बेला आन्दोलनमा होमिएका थिए । ती सबैको एउटै सपना छ– मुलुकबाट भ्रष्टाचार, अनियमितता र बेथिति अन्त्य होस् । फेरि पनि उनीहरूका सपना सडकमै अलपत्र नपारियोस् । 

–नवीन महर्जन, ठमेल, काठमाडौं 

Link copied successfully