ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाले ज्यान गुमाए, अब उनलाई छाडा छाडिन्न : दाहाल

चैत्र १७, २०८१

राजकुमार कार्कीर्

Two people lost their lives due to Gyanendra Shah's recklessness, now he will not be spared: Dahal

सिन्धुली — माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीको 'हाइट' र राजावादीको 'निचता' जनताले प्रस्ट रूपमा देखेको बताएका छन् । सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले चैत १५ गते समाजवादी मोर्चाको सभ्य र कथित राजावादीको आततायी हत्यारासभा भएको जिकिर गरे ।

ती सभा हिरो र भिलेनको जस्तो भएको उनको टिप्पणी थियो । 'समाजवादी मोर्चाको सभा नभएको भए त्यस दिन अझ ठूलो बितण्डा राजावादी मण्डलेहरूले गर्न सक्ने भनेर काठमाडौंका जनताले हामीलाई धन्यवाद दिए,' उनले भने ।

ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै अध्यक्ष दाहालले अब उनलाई छाडा नछाड्ने चेतावनी दिए ।आफूहरु अभियानमा रहँदा नै प्रतिगमनकारीले मुन्टो उठाउन खोजेकाले विशाल प्रदर्शन गरेर दरो झापड दिएको अध्यक्ष दाहालले सुनाए ।

वर्तमान सरकार भ्रष्टाचारीको रक्षाका लागि बनेकाले जनतामा निराशा छाएको पनि उनले बताए ।

राजकुमार

Link copied successfully