टोलीले ९ थान सुतली बम, एक थान सुँगुरको टाउको र १० मिटर वाइरिङ तारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा — पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बुधबार बिहान करिब पउने तीन बजेको समयमा विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत संयुक्त सुरक्षा टोलीले उक्त सामग्री बरामद गरेको जानकारी दिए ।
टोलीले ९ थान सुतली बम, एक थान सुँगुरको टाउको र १० मिटर वाइरिङ तारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि विष्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक पाठकले बताए ।
घटनाबारे थप अनुसन्धान भई रहेकाले पक्राउ परेकाहरुको नाम तत्काल सार्वजनिक नगरिएको उनले बताए ।
