राजविराज — गृहमन्त्री रमेश लेखकलाई भेटघाट गर्न र उनको मन्तव्य सुन्न बुधबार चार घण्टादेखि सप्तरीका कांग्रेस कार्यकर्ता पर्खिरहेका छन् । जिल्ला सवन्मय समिति सप्तरीको सभाकक्षमा कांग्रेस सप्तरी क्षेत्र नं २ द्वारा आयोजना गरिएको कार्यकर्ता भेलामा गृहमन्त्री लेखक सम्बोधन गर्ने कार्यक्रम छ ।
बुधबार दिउँसो ३ बजेका लागि तोकिएको गृहमन्त्री लेखकको उपस्थितिको कार्यक्रम साँझ ७ बजेसम्म पनि सुरु हुन सकेको छैन । अत्यधिक गर्मीका बाबजुद गृहमन्त्रीलाई सुन्न आएका केही कांग्रेसी कार्यकर्ताहरु निरास भएर फर्किएका छन् ।
कांग्रेस सप्तरी-२ का अध्यक्ष महानन्द यादवले तोकिएको समयमा कार्यक्रम सुरु नभएको स्वीकारे । कोशी प्रदेशको विराटनगरमै विभिन्न कार्यक्रममा गृहमन्त्री व्यस्त रहेकाले राजविराज आउन ढिलाइ भएको हो ।
