बस दुर्घटनामा दुईको मृत्यु

वैशाख १४, २०८२

अवधेशकुमार झा

Two killed in bus accident

राजविराज — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामामा आइतबार दिउँसो भएको  यात्रुवाहक बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३४२० नं. को बस अनियन्त्रित भई दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । च्यापिएर मृत्यु भएका दुवैको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइँदै छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । डीएसपी माधवप्रसाद काफ्लेको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगी उद्धारमा जुटेको छ ।

अवधेशकुमार

Link copied successfully