आगलागीमा दुई घर जले, एक जना घाइते

चैत्र १४, २०८१

अवधेशकुमार झा

Two houses were burnt in the fire, one person was injured

राजविराज — सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका-५ गंगाजलीमा बुधबार मध्यराति आगलागी हुँदा दुईवटा घर जलेको छ भने एकजना घाइते भएका छन् ।

आगलागीमा तीन चौपाया पनि जलेर मरेका छन् । स्थानीय सोमप्रसाद आचार्यको गाईगोठमा बालेको आगो सल्केर राति ११ बजे भएको आगलागीमा आचार्यको जस्ताको छाना भएको एकतले गोठ र सँगै रहेको दुईतले घरसमेत जलेको प्रहरीले जनाएको छ । 

आगो निभाउने क्रममा आचार्यको हात, खुट्टासहित शरीरका विभिन्न भागमा जलेर घाइते भएका छन् । आगलागी हुँदा गोठमा रहेको एउटा पाडा र दुईवटा बाख्राको पनि जलेर मृत्यु भएको छ । आगलागीमा घरसहित अन्य सरसामान जल्दा १५ लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

अवधेशकुमार

Link copied successfully