स्ववियु निर्वाचन: ६७ वर्षीय निर्भयकान्तले गरे मतदान

चैत्र ५, २०८१

अवधेशकुमार झा

Swaviyu elections: 67-year-old Nirbhaykanth casts his vote

राजविराज — महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता रहेका ६७ वर्षीय निर्भयकान्त झाले मतदान गरेका छन् ।

झाले मंगलबार बिहान मतदाताको लाइनमा सबैभन्दा अघि उभिएर युवा विद्यार्थीहरुलाई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन सुझाव दिए ।

झा मतदाताको लाइनमा रहँदा उम्मेदवारहरु उनी नजिक झुम्मिएका थिए । सप्तरीको तिलाठी घर भएका झाले पढाईलाई उमेरले नछेक्ने बताउँदै एउटा विद्यार्थीको हैसियतमा मताधिकारको प्रयोग गरेको बताए ।

कुल ३ हजार १२ मतदाता रहेको महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा स्ववियु सभापतिका लागि ५ जना प्रतिस्पर्धामा छन् ।

अवधेशकुमार झा

Link copied successfully