राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

एकको अवस्था गम्भीर

फाल्गुन २८, २०८१

अवधेशकुमार झा

Two youths injured in Rajviraj stabbing

राजविराज — सप्तरी जिल्लाको राजविराज नगरपालिका- ७ स्थित सिरहा रोडमा बुधबार साँझ छुरा प्रहारबाट दुई युवक घाइते भएका छन् ।

सिरहा रोडस्थित सखडा मोडदेखि पश्चिम युवाहरुको समूहमा विवाद भई छुरा हानाहान भएको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार छुरा प्रहारबाट डाकनेश्वरी नगरपालिका- ७ का २४ वर्षीय सुनिल यादव रमहदेवा गाउँपालिका–४ का २५ वर्षीय सुभाष यादव घाइते भएका छन् ।

ढाड र कोखामा छुरा लागेका सुभाषको अवस्था गम्भीर छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको एसपी खतिवडाले जानकारी दिए । 

छुरा प्रहारबाट घाइते दुवै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

अवधेशकुमार झा

Link copied successfully