राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर-१ का अध्यक्ष ललनकुमार यादवको श्रीमती कुसुमीदेवी यादवको निधनमा आइतबार पालिकाले आधा दिन शोक बिदा दिएको छ ।
पालिका उपाध्यक्ष राजुदेवी यादवले आइतबार विज्ञप्ति जारी गर्दै वडाध्यक्ष यादवकी श्रीमती कुसुमीदेवी यादवको निधनमा शोक व्यक्त गर्दै आइतवार आकस्मिक सेवाबाहेक गाउँपालिका कार्यालय र मातहतका कार्यालयमा आधा दिन बिदा दिइएको उल्लेख गरेकी छन् । उपचारका क्रममा कुसुमीदेवीको आइतबार बिहान विराटनगरमा निधन भएको थियो ।
