सप्तरी — सप्तरीको सप्तकोशी नगरपलिका-१ फत्तेपुरको खोरिया टोलमा छिरेको बाघलाई १० घण्टापछि एक घरमा छिराएर थुनिएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दाले चारैतिरबाट होहल्ला गर्दा बाघ स्थानीय भरत विष्टको घरमा प्रवेश छिरेको थियो । त्यसपछि बाहिरबाट ढोका लगाई थुनिएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने टोलीले बाघलाई बस्तीबाट निकाल्ने तयारी छ । सोमबार बिहान बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाईसहित तीन जना घाइते छन् ।
