माओवादी अध्यक्ष दाहाल सप्तरीमा

फाल्गुन १५, २०८१

अवधेशकुमार झा

Maoist Chairman Dahal Saptari

राजविराज — माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार साँझ सप्तरी आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानअन्तर्गत अध्यक्ष दाहाल सप्तरी आएका हुन् ।

बिहीबार राति हनुमाननगरमा कार्यकर्ताको घरमा बास बस्ने दाहाल शुक्रबार बिहान राजविराजमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने माओवादी नेता उमेश यादवले जानकारी दिए । सो कार्यक्रमपछि अध्यक्ष दाहालले छपकी भथौलमा इन्द्रदेव विश्वास र बनौलामा रमेश रामको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

अवधेशकुमार

Link copied successfully