सप्तरीमा शीतलहरले कठ्याङ्ग्रिएर एकको मृत्यु

माघ ८, २०८१

अवधेशकुमार झा

One died in Saptari due to cold wave

सप्तरी — शीतलहरले कठ्याङ्गिएर मंगलबार सप्तरीमा एकजनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ का ५० वर्षीय भुटाइ साहको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।

मंगलबार बिहान घरदेखि पश्चिम रहेको पोखरीको डिल छेउमा दिशा गर्न गएका बेला साह जाडोले कठ्याङ्ग्रिएर लडेको र सोही ठाउँमा उनको मृत्यु भएको वडाध्यक्ष मुखियाले बताए ।

मृत्यु भएका साह आर्थिक रूपमा अति विपन्न रहेको वडाध्यक्ष मुखियाले बताए । तिलाठी कोइलाडी वडा नम्बर- ४ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको घर रहेको वडा पनि हो ।

अवधेशकुमार

Link copied successfully