राजविराज — अंग्रेजी नयाँ वर्षको अवसरमा सप्तरीको महादेवा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।
बुधबारदेखि सुरु भएको ई.सं. २०२५ को अवसरमा गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको पालिका अध्यक्ष सुनिलकुमार मण्डलले जारी गरेको सूचनामा उल्लेख छ ।
अध्यक्ष मण्डलले नै सूचना जारी गरेर बिदा दिएपछि स्वीकार्नु परेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले बताए ।
