१४ लाख ७ सय रुपैयाँसहित एक पक्राउ

पुस ९, २०८१

अवधेशकुमार झा

One arrested with 14 lakh 700 rupees

राजविराज — प्रहरीले सप्तरीको राजविराज नगरपालिका- ७ बाट स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

गत पुस ४ गते राजविराजको सिरहा रोडबाट उक्त रकमसहित राजविराज- ७ का महेन्द्र साहलाई नियन्त्रणमा लिएपनि प्रहरीले घटना सार्वजनिक गरेको छैन ।

उक्त रकम हुण्डी कारोबारको रहेको आंशका गरिएको छ । सप्तरीका एसपी ढकेन्द्र  खतिवडाले रकम पक्राउ गरिएको पुष्टि गर्दै पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुर अन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।

अवधेशकुमार

Link copied successfully