सिरहामा बस दुर्घटना, दुईको मृत्यु, २५ जना घाइते

आश्विन १४, २०८०

राजविराज — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहामा आइतबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-२० का ५० वर्षीय अनिलकुमार झा र सिरहा मिर्चैया-२ का ४० वर्षीय राजकुमार सदा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

राजविराजवाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ७१८७ नम्बरको यात्रुवाहक वस अनियन्त्रित भई गोलबजार-९ मा पल्टिएको बस्नेतले बताए । दुर्घटनामा घाइते भएका २५ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

घाइतेहरुको गोलबजारस्थित अस्पतालमा उपचार भइरहेको डीएसपी बस्नेतले जनाए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Link copied successfully