गुलरिया-३ का वडाध्यक्ष यादवको निधन

गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार वडाध्यक्ष यादवको हृदयाघातका कारणले मृत्यु भएको हो ।

फाल्गुन १२, २०८२

रामप्रसाद चौहान 

Ward Chairman Yadav of Gulariya-3 passes away

बर्दिया — जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सर्वजित यादवको निधन भएको छ । यादवको मंगलबार बिहान निधन भएको हो ।

गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार वडाध्यक्ष यादवको हृदयाघातका कारणले मृत्यु भएको हो । घरमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

४४ वर्षीय यादव एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully