वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रस्थानका क्रममा बर्दियाको विभिन्न स्थान हुँदै कैलालीतर्फ जाँदैछन्, तर भेटघाटको कार्यक्रम तय भएको छैन ।
बर्दिया — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह बर्दिया आउँदैछन् । बालेन शाह सोमबार दिउँसो साढे १ बजे गुलरिया बजारको राधाकृष्ण चोकमा आउन लागेका हुन् । बालेन शाह नेपालगन्ज बर्दिया हुँदै सोमबार सुदूरपश्चिमतर्फ जान लागेका हुन् ।
वरिष्ठ नेता बालेन शाह बर्दिया आउन लागेको जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका सचिव दीपक बीसीले बताए । ‘बालेन शाह यही बाटो प्रयोग गरी सुदूरपश्चिमतर्फ जान लाग्नुभएको हो,’ सचिव बीसीले भने, ‘कसैसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छैन, यही बाटो प्रयोग गरी जाने भएकाले चोकमा एकछिन रोकिनुहुन्छ ।’
बालेन शाह बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जनाइएको छ ।
