बर्दिया टेनिस संघलाई पूर्वअध्यक्ष राणाको सहयोग

पूर्वअध्यक्ष राणाले टेनिस संघ बर्दियाका उपाध्यक्ष तुलु मल्ल ठकुरीलाई मंगलबार टेनिस सामग्री हस्तान्तरण गरेका हुन्।

पुस २२, २०८२

रामप्रसाद चौहान 

Former President Rana's support to Bardiya Tennis Association

बर्दिया — नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज शम्सेर राणाले मंगलबार बिहान टेनिस संघ बर्दियालाई टेनिस सामग्री हस्तान्तरण गरेका छन्।

पूर्वअध्यक्ष राणाले टेनिस संघ बर्दियाका उपाध्यक्ष तुलु मल्ल ठकुरीलाई मंगलबार टेनिस सामग्री हस्तान्तरण गरेका हुन्।

राणाले १० वटा र्‍याकेट, बललगायत सिंगल अभ्यास गर्ने सामग्री उपलब्ध गराएको टेनिस संघ बर्दियाका उपाध्यक्ष ठकुरीले बताए। पछिल्लो समय टेनिसप्रति खेलाडीको आकर्षण बढ्दो रहेको टेनिस संघका पूर्व केन्द्रीय अध्यक्ष राणाले बताए। 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully