विद्याज्योति नमुना माविले मनायो स्वर्ण महोत्सव

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘विद्यालयको चौतर्फी विकासका लागि पूर्वविद्यार्थी एक ठाउँ हुन जरुरी रहेको’ बताएका छन् ।

पुस १७, २०८२

रामप्रसाद चौहान 

Vidya Jyoti Model Secondary School celebrated its golden jubilee

What you should know

बर्दिया — आफूले पढेको विद्यालयको चौतर्फी विकासका लागि पूर्वविद्यार्थीहरू एक ठाउँ हुन जरुरी रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित विद्याज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् । 

मन्त्री भई पद बहाली भइसकेपछि ‘मेरो विद्यालय मेरो दायित्व’ भन्ने नाराका साथ लुम्बिनी प्रदेका ४ हजार ४ सय ३९ विद्यालयमा एकै पटक कार्यक्रम गर्ने सोचले अघि बढेको मन्त्री तिमिल्सिनाले बताए । 

‘सो क्रममा केही विद्यालयमा त्यो सन्देश दियौं,’ उनले भने, ‘अहिले प्रदेशका १ सय ९ पालिकामै त्यो सन्देश दिनुपर्छ, किनकि पूर्वविद्यार्थीहरू आफूले पढेको विद्यालयमा उपस्थित भई सहयोग गर्दा विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्छ, यसै विद्यालयमा पढेका पूर्वविद्यार्थी यो ओहदासम्म पुगेको र रोजगारी पाएको देखेर हाल अध्ययनरत विद्यार्थी प्रेरित पनि हुन्छन् ।’

नमुना विद्यालयमा अक्षयकोष स्थापनाका लागि ६१ लाख ८३ हजार ९ सय ९३ रुपैयाँ संकलन भएको छ । विद्यालयाका पूर्वविद्यार्थी, पूर्वशिक्षक, कार्यरत शिक्षक, कर्मचारी, समाजसेवी, अभिभावकले स्वण महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् । अक्षयकोषले विद्यालयको दीर्घकालीन शैक्षिक विकासमा मद्दत पुर्‍याउने विद्यालयको विश्वास छ ।

२०३२ सालमा स्थापना भएको विद्याज्योति माविले पुस १७ मा ५०औं वर्ष पार गरेको छ । सोही अवसरमा आयोजित स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापनाको लागि ४५ जना दाताले ६१ लाख ८३ हजार ९ सय ९३ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिए । 

यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष केशव पाण्डेको स्मृतिमा ७ लाख ५५ हजार रुपैयाँ लागतमा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेको परिवारले विद्यालय परिसरमा सरस्वती मन्दिर र पूर्वविद्यार्थी विश्वराज पौडेलको लागतमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully