बर्दियाको औराही खोलामा डुबेर बालकको मृत्यु

ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार खोलामा डुबेर मृत्यु भएको हो ।

कार्तिक १८, २०८२

रामप्रसाद चौहान 

Child dies after drowning in Aurahi River in Bardiya

बर्दिया — औराही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार खोलामा डुबेर मृत्यु भएको हो ।

भदैलीगाउँस्थित औराही खोलामा डुबेर बालकको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–७ का वडाध्यक्ष कमलबहादुर विष्टले बताए ।

‘साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा १ बजे बालक बेपत्ता भएका थिए,’अध्यक्ष विष्टले भने,‘खोजतलासको क्रममा केही घण्टापछि घटनास्थल नजिकै बेपत्ता बालकको शव फेला परेको हो ।’ 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully