जुवा खालबाट नगदसहित ९ जना पक्राउ

जुवा खालबाट १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ ।

कार्तिक ४, २०८२

रामप्रसाद चौहान 

9 people arrested with cash from gambling den

बर्दिया — जुवातास खेलिरहेकाे अवस्थामा नगदसहित नाै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साेमबार राति साढे १२ बजे ठाकुरबाबा नगरपालिका–४ खैलारस्थित टोपबहादुर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित नाै जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ । नगदसहित नाै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँमा राखिएको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully