निर्वाचन प्रक्रियामा गई सर्वसम्मत जिल्ला कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत दिपकबहादुर थापाले जनाए । पौडेल विगत २० वर्षदेखि भुरिगाउँस्थित केपी पोलिक्निक संचालन गर्दै आएका छन् ।
बर्दिया — नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । संघ बर्दियाको दोस्रो साधारणसभा तथा प्रथम जिल्ला अधिवेशनबाट शनिबार अध्यक्षमा पौडेलसहित १३ सदस्यीयको जिल्ला कार्यसमिति गठन भएको छ । यसअघि जिल्लामा फार्मेसी संघको तदर्थ समिति थियो ।
निर्वाचन प्रक्रियामा गई सर्वसम्मत जिल्ला कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत दिपकबहादुर थापाले जनाए । पौडेल विगत २० वर्षदेखि भुरिगाउँस्थित केपी पोलिक्निक संचालन गर्दै आएका छन् ।
उपाध्यक्षमा सुजन शर्मा, विशाल अधिकारी चयन भएका छन् भने महासचिवमा विनोदकुमार देमन देउरा, सचिवमा खेमराज खनाल, कोषाध्यक्षमा सरस्वती चौधरी, सहकोषाध्यक्षमा सुस्मिता सिटौला चुनिएका छन् ।
सदस्यहरुमा मनिषा न्यौपाने, विपना न्यौपाने, नविन रेग्मी, सुदिप चौधरी, प्रकाश चौधरी र हिक्मत वली रहेका छन् ।
नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष खेमराज तिवारीको अध्यक्षता तथा नेपाल फार्मेसी संघका केन्द्रीय सचिव ध्रुवकुमार शर्माको उपस्थितिमा जिल्ला कार्यसमिति गठन भएको छ ।