दुर्घटनामा घाइते भएकी राजापुर नगरपालिका–१० मंगलपुरकी ६० वर्षीया राई भगनी चौधरी, से १ ह २०८९ नम्बरको अटो चालक ३२ वर्षीय यमबहादुर खड्का, हाईसमा सवार बाँसगढी नगरपालिका–५ का २२ वर्षीया निरु थारुको अवस्था गम्भी रहेको प्रहरिले जनाएको छ ।
बर्दिया — हाईस र दुई वटा अटो एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । राजापुर नगरपालिका–८ भोगपुरस्थित हुलाकी सडक खण्डमा मंगलबार सवा ४ बजेतिर हाईस र अटो ठोक्किएका हुन् । दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको कैलाली गोदवारी नगरपालिका–८ मजगाउँका ३२ वर्षीय डेबिट चौधरीले चलाएको सु.प.प्र ०१–००१ ज १६९१ नम्बरको इभी हाईसले विपरीत दिशाबाट राजापुरदेखि टपरातर्फ आउँदै गरेका राजापुर नगरपालिका–१ का ३२ वर्षीय यमबहादुर खड्काले चलाएको से १ ह ८५७१ नम्बरको अटो र गेरुवा गाउँपालिका-६ नौरंगाका ३६ वर्षीय चैतु थारुले चलाएको भे १ ह ८५७१ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएकी राजापुर नगरपालिका–१० मंगलपुरकी ६० वर्षीया राई भगनी चौधरी, से १ ह २०८९ नम्बरको अटो चालक ३२ वर्षीय यमबहादुर खड्का, हाईसमा सवार बाँसगढी नगरपालिका–५ का २२ वर्षीया निरु थारुको अवस्था गम्भी रहेको प्रहरिले जनाएको छ ।
घाइतेहरुको सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए ।