गुलरियामा लागूऔषधसहित चार पक्राउ

आइतबार दुई जना र सोमबार दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

भाद्र २, २०८२

रामप्रसाद चौहान 

Four arrested with drugs in Gulria

बर्दिया — लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आइतबार दुई र सोमबार दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । गुलरिया नगरपालिका–६ का ३२ वर्षीय अजमेर अलि नाउँ र गुलरिया नगरपालिका–७ का ४० वर्षीय नुर महम्मद नाउँलाई प्रहरीले लागूऔषधसहित सोमबार पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–७ स्थित बाइपास रोडस्थितबाट अजमेर अलि र वडा नम्बर–६ स्थितबाट नुर महम्मदलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको जनाइएको छ । अजमेरको साथबाट १ सय ८० मिलिग्राम र नुर महम्मदको साथबाट २ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट ठाकुरबाबा नगरपालिका–४ का २१ वर्षीय अविशेष चौधरी र वडा नम्बर १ का २१ वर्षीय विशाल खत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ सय ७० मिलीग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully