बालिकालाई करणी गरेको आरोपमा पक्राउ

पक्राउ परेका युवकले वैशाख ३० र असार ३२ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

श्रावण १४, २०८२

रामप्रसाद चौहान 

Arrested for molesting the girl

बर्दिया — बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । 

पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी आएपछि युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully