लागुऔषधसहित तीन जना पक्राउ

श्रावण ५, २०८२

रामप्रसाद चौहान 

Three arrested with drugs

What you should know

बर्दिया — लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-७ पचासा स्थितबाट एक र वडा नं.६ खल्लागाउँ स्थितबाट दुई जनालाई लागुऔषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–५ छमनियाका २४ वर्षीय कर्णबहादुर लोहार, बढैयाताल गाउँपालिका–५ जगतियाका २४ वर्षीय राहुल थारु र २१ वर्षीय शिव प्रसाद थारु रहेका छन् ।

भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेक गर्दा लोहारको साथबाट १ ग्राम ३ सय ५० मिलिग्राम र राहुल र शिवप्रसादको साथबाट ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully